Skip to main content

आज सरस्वती पुजा, विद्याकी देवीको पुजा गरि मनाईदै

Submitted by editor on
ईबिगुल संवाददाता
आज सरस्वती पुजा,

धनगढी : आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

कैलाली लगायत सुदूरपश्चिमका विद्यालयहरुमा सरस्वतीको पुजा गरिदैछ भने विभिन्न मन्दिरहरुमा पनि माता सरस्वतीको पुुजा गरिएको छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । 

ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।