Skip to main content

१२ घण्टाभीत्रै छुटे माओवादी नेता भट्ट

Submitted by editor on
ईबिगुल संवाददाता
१२ घण्टाभीत्रै छुटे माओवादी नेता भट्ट

कञ्चनपुर : कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले १२ घण्टाभीत्रै थुनामुक्त गरेको छ । 

बुधबार अनुसन्धानका लागि भन्दै उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन् । भीमदत्त नगरपालिका–१७ बाट उनलाई पक्राउ गरिएको थियो । 

सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई नियन्त्रणमा लिएको थियो । चन्द पूर्व प्रहरी हवल्दार हुन् । चन्द र धानुकलाई पनि प्रहरीले बुधबार नै छोडेको छ ।