Skip to main content

सुनौलो महाकाली यातायातको बस दुर्घटना : घाईते ३० जनाको विवरण

Submitted by editor on
ईबिगुल संवाददाता
 घाईते ३० जनाको विवरण

धनगढी : पूर्व पश्चिम राजमार्गको कपिलबस्तु जिल्लामा पर्ने शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये १ जनाको मात्रै पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा रौतहत पहुरानी नगरपालिका वडा नं. ३ बस्ने नारायण बहादुर भण्डारी रहेका छन् । मृतक बाँकी ९ जनाको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । बाँकी घाइतेहरुको चन्द्रौटा स्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । 

महेन्द्रनगबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु.प.प्र.०२००१ ख ००९८ नम्बरको बस राती १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब १ मिटर तल बस खसेको र खबर पाए लगत्तै नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धार कार्यमा जुटेको थियो ।

घाईतेहरुको अवस्था (श्रोत वडा प्रहरी कार्यालय कपिलबस्तु चन्द्रौटा)
बुटवल रुपन्देही रिफर भएका निम्न घाईतेहरुः–
१. जि.ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
२. बस चालक जि. कञ्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द वायाँ खुट्टामा चोञ् अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
३. जि. कैलाली वेलडाडी न.पा– १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको ।
४. जि. बाँके राप्ति सुनारि गा.पा.–२ वस्ने बर्ष २३ को शुशिल कुँवर  दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको ।
५. जि. गुल्मि मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको ।
६. जि. कन्चनपुर  भिमद्त्त न.पा.–१८ वस्ने  वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम  चौराहा अस्पताल वुटवल रिफर गरेको ।
७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.– १८ वस्ने वर्ष ३५ को केशव हमाल  टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।
८. जि.बैतडि मेनौलि न.पा. –१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको,
९. जि. कन्चनपुर महेन्द्र नगर नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार  दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको ।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाईतेहरुः–
१०. जि. गोरखा शहिद लखन गा.पा. –७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको ।
११. जि. दार्चुला शैलेस शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१२. जि. कन्चनपुर भिमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको ।
१३. निजको छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१४. जि. ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१५. जि. कन्चन्पुर शुक्ला फाटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१६.  जि. काठ्मान्डौ काठ्मान्डौ  माहानगर पालिका– ३ वस्ने वर्ष ४१ को  अनिल तन्डुकार  निधार छाति वायाँ हातमा चोट  अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१७.  जि. कन्चनपुर  भिमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भई रहेको ।
१८. ऐ.ऐ. १८ वस्ने  वर्ष २८ को  दिपेन्द्र बोहोरा दहिने हात र निधारमा चोट अवस्था  मध्यम । 
१९. जि. कैलाली लम्किचुवा न.पा.–१  वस्ने  वर्ष २७ की रेखा  आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम
२०. जि. कन्चनपुर  भिमदत्त न.पा.–१८ वस्ने  वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम ।
२१. जि. कैलाली गेरुवा गा.पा. ४ वस्ने बर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम
२२. निजको श्रीमति वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।
२३. निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य ।
२४ देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको ।
२५. ऐ.ऐ. वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
२६. जि. धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम 
२७. जि. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस
२८.  जि. कन्चनपुर भिमदत्त न.पा. – १ वस्ने वर्ष २० को मनोज सिह धामि निधारमा चोट अवस्थ सामान्य ।
२९. ऐ.ऐ. वस्ने वर्ष २० को अशोक सिह सामान्य ।
३० जि. कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरि चोट नदेखिएको अवस्था सामान्य ।