Skip to main content

नेकपा एमाले कैलाली : ५ पदाधीकारीका लागि ५३ जनाको उमेदवारी

Submitted by editor on
नेतृत्वका लागि बर्तमान कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाले ईच्छापत्र पेश गरेका छन ।
ईबिगुल संवाददाता
दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगाना

धनगढी : नेकपा एमालेको जिल्ला नेतृत्वका लागि तीन जनाले ईच्छापत्र पेश गरेका छन । एमाले कैलालीले पदाधीकारीमा लडन ईच्छुकहरुलाई फागुन ३ गते पार्टीका जिल्ला इञ्चार्जकोमा ईञ्छापत्र पेश गर्न भनिएको थियो । 

नेकपा एमाले कैलालीको, फागुन ६ र ७ गते सुख्खड जिल्ला अधिवेशन हुदैछ । अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि ८ जना, सचिवका लागि १२ जना, २ जना उपसचिवका लागि ३० जनाले ईच्छापत्र  पेश गरेका नेकपा एमाले केलालीले जनाएको छ ।

नेतृत्वका लागि बर्तमान कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाले ईच्छापत्र पेश गरेका छन । उपाध्यक्षमा अहिलेका उपसचिव लोकेन्द्र शाही, सचिवमा अहिलेका उपसचिव ममताप्रसाद चौधरीले पनि उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन ।

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, निर्पवहादुर थ्यात, मनराज शाही, मदनराज ओझा, दलबहादुर रावल, प्रेमबहादु डगौरा, शर्मानन्द भट्ट, गजेन्द्र स्वारले समेत उम्मेदवार बन्न रुची देखाएका छन् ।

यस्तै गरेर सचिवमा ममताप्रसाद चौधरी, वक्तबहादुर शाही, हितेस ओझा, विष्णुबहादुर चौधरी, द्वारिकाप्रसाद न्यौपाने, भिष्मराज सुवेदी, विरेन्द्रबहादुर रावल, शम्भु कुँवर, आनन्दप्रसाद भट्ट, चुडामणी भट्ट, कमलसिंह राना र विष्णु चन्दको उम्मेदवारी परेको छ ।

दुई उपसचिवमा लागि राजु गुरुंग, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्विका विष्ट, भुवन रिजाल, निर्मला सञ्ज्याल, धिमलाल जोशी, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद ,मोहन विक, ध्रुवबहादुर भण्डारी, खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुवराज खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, बृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भूल, गोविन्द कोइराला, रत्ना कुँवर जोशी, गणेश बुढा र सुरज परिवारले ईच्छा ब्यक्त गरेका छन ।