Skip to main content

श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता हुने

Submitted by editor on
ईबिगुल संवाददाता
फुटबल प्रतियोगिता हुने

धनगढी : कैलालीको धनगढीमा श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी रंगशालामा फागुन ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रकमसहित ट्रफी, मेडल पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।

भाइचारा र खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता गरिन लागेको लिट्ल फ्लावर बोर्डिङ स्कुलका सञ्चालक रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगितामा १० स्कुल सहभागी हुने उनको भनाई छ । उनका अनुसार नियमित अध्ययन गरिरहेको विद्यार्थी सहभागी हुन पाउने प्रावधान रहेको छ । 

खेलतालिका पनि शुक्रबार नै सार्वजनिक भएको छ । खेल तालिका अनुसार पहिलो खेलमा दुर्गालक्ष्मी सेकेन्डरी स्कुल  र सैनिक आवासिय महाविद्यालयबीच प्रतिष्पर्धा हुने भएको छ । खेलकुद समिति डोटी अध्यक्ष प्रकाश शाहीले खेलाडी उत्पादनमा जोड दिन जरूरी रहेको बताए ।