Skip to main content

एमालेका अध्यक्ष ओली कैलालीमा, सुखडमा आमसभा र बर्दगोरीयाको भवन उद्घाटन गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
एमालेका अध्यक्ष ओली कैलालीमा, सुखडमा आमसभा र बर्दगोरीयाको भवन उद्घाटन गर्ने

बौनीया (कैलाली) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आएका छन । ओलीले कैलालीको बर्दगोरीया गाउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नेछन भने त्यसपछि उनले कैलालीको सुखडमा आमसभालाई सम्बोधन गर्नेछन ।

बर्दगोरीया गाउपालिकाले लिफ्ट सहितको अत्याधुनीक भवन निर्माण गरेको छ । सुदूरपश्चिमका लागि लिफ्ट सहितको भवन बनाउने बर्गगोरीया पहिलो गाउँपालिका हो । धनगढी उपमहानगर पछि बर्दगोरीयामा लिफ्ट राखिएको हो ।

अहिलेसम्म भाडाको भवनमा रहेको बर्दगोरिया गाउपालिका अब देखि अफ्नै भवनबाट सेवा दिनेछ । भवन उद्घाटन स्थललाई सजाईएको छ । 

कैलालीको बर्दगोरिया गाउपालिकाको नवनिर्मित भवनको उद्घाटन पछि अध्यक्ष ओलीले सुखडमा नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्नेछन । नेकपा एमालेको जिल्ला नेतृत्वका लागि तीन जनाले उमेदवारी पेश गरेका छन । 

नेकपा एमालेका बर्तमान कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डे र युवा नेता यज्ञराज ढुंगानाले अध्यक्षका लागि दाबेदारी पेश गरेका छन । पार्टीले फागुन ३ गते नै पदाधीकारीका लागि उमेदवार बन्ने चाहनेहरुको ईच्छापत्र माग गरेको थियो । 

उक्त ईच्छापत्रमा अध्यक्षमा ३ जना, उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवमा ३० जनाले उमेदवारी दिएका छन ।