Skip to main content

बैतडीको जर्गका दुई युवकको मृत्युले गाउँ नै सोकाकुल

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडीको जर्गका दुई युवकको मृत्युले गाउँ नै सोकाकुल

बैतडी : बैतडी जिल्ला सदरमुकाम नजिकैको गाउँ हो ‘जर्ग’ । भीटेजर्ग, खोलीजर्ग र चनेजर्ग गरि ३ टोलहरु रहेको यस गाउँमा ३ सयबढी परिवारको बसोबास छ । यहाँका केहि परिवार बसाईसराई गरि अन्यत्र गएपनि चाडपर्वमा गाउँ पुग्दछन् । 

कोरोना जस्तो महामारिमा समेत यहाँका व्यक्तिहरु संक्रमित हुन परेन भने केहिमा सामान्य लक्षण देखिएपनि ज्यान गुमाउनु परेन्, तर बेलाबखत रोजगारीको सिलसिलामा रहेका युवाहरुले अकालमै ज्यान गुमाउदाँ यो गाउँ पीडामा परिरहन्छ । 

शुक्रबार पाटन नगरपालिका–५ अडतोला बस्ने जर्गकै तर्कराज पाण्डेयका छोरा प्रकाशको १९ बर्षको कलिलो उमेरमा रुखले च्यापिएर मृत्यु भयो । दाउराका लागि रुख काट्न गएका उनको आफैले काटेको रुखले च्यापीएर मृत्यु भएको हो । उनको परिवारलाई सान्त्वना दिन जर्गबाट अडतोला पुगेका व्यक्तिहरुले घर फर्किदाँ अर्का युवाको विदेशमा मृत्यु भएको दुःखद खबर सुन्नुप¥यो । 

विगत ६ बर्षदेखी वैदेसीक रोजगारिका सिलसिलामा दुवईमा रहेका बिष्णु लोहारको २८ बर्षको उमेरमा ज्यान गएको छ । दुवईमा ६ बर्ष काम गरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः दुवई गएका थिए । 

अघिल्लो पटक ६ बर्ष त्यहाँबस्दा खासै समस्या नभोगेका उनि यसपटक भने ४ महिनामात्रै बस्न पाए । यस बिचमा न उनि बिरामी परेको खबर सुनियो नत कुनै साधारण समस्यामा परेको । एक्कासी सामाजिक सञ्जालबाट मृत्युको खबर सुन्दा आफन्तलाई छाँगाबाट खसेजस्तै भएको छ । बेलुका कोठामा सुतेको भनिएका बिष्णुको एक्कासी निधन भएको खबरले गाउँनै सोकमा डुबेको छ । 

ब्रतबन्ध गरी अर्कोपटक घर आउदाँ बिहेगर्ने सोच बनाएका उनी पैसा कमाउनका दोस्रो पटक वैदेशीक रोजगारिमा गएका थिए । उनले त्यहाँ रहदाँ सन्तोशजनक रुपले काम गरिरहेको खबर सुनिन्थ्यो । कुनैपनि प्रकारको कुलतमा नफसेका उनी गाउँकै सोजासाझा व्याक्तिको रुपमा परिचित थिए ।

६ भाई मध्ये चौथो नम्बरका बिष्णु कलिलैमा विदेश गएका हुन् । उनी पढाईमा अब्बल भएपनि घरको आर्थिक अवस्था कमजोर हुदाँ पढाई अधुरै छाडेर भारत गएका थिए । केही समय भारतमा रोजगारी गरेका उनले तेस्रो मुलुकमा बढी कमाउन सकिने ठानेपछी दुवईको यात्रा रोजेका हुन । केही पैसा कमाएर घरजम गरौँला भन्ने सोचले इमान्दारी साथ काम गरिरहेका उनको अन्तत शुक्रबारको रात अन्तिम बन्न पुग्यो । 

उनको मृत्युबारे सत्यतथ्य जानकारी आएको छैन् । दुवई स्थित केही नेपालीले उनको फोटो सामाजिक सञ्जालमा राखेर मृत्युको खबर घरसम्म खबर पु¥याइदिनु भनेको देखेपछि आफन्तले थाहा पाएका हुन् । उनको शव अझै केहि दिन दुवई स्थित अस्पतालमा राखिने त्यहाँ स्थित मृतकको छिमेकमा बस्ने व्याक्तिहरु बताउछन् । आइतबार अपराह्न्न शव प्रहरीको निगरानीमा अस्पताल लगेको बुझिएको छ । गाउँका होनहार युवाहरुको अकल्पनिय निधनले गाउँघरमा रुवाबासी चलेको स्थानिय चक्रदेव पाण्डेयले बताए । 

दुवईमा रहेका सरोज राई भन्छन्, ‘हामी उसलाई बिष्णु भनेर बोलाउथ्यौँ, उ सानो कोठामा एक्लै चुकुल लगाएर सुत्ने गर्दथ्यो, भोलीपल्ट विदा भएकाले साथीहरुले घुम्न जानका लागि उठाउन खोजेछन्, उ सुतेकै छ भन्दै अरु मान्छे घुम्न गएछन् । दिउँसो १२ बजेतिर फर्कदा पनि बिष्णुको ढोका बन्द थियो, ढकढक्याउदाँ ढोका नखुलेपछि झ्यालबाट हेर्दा मुठ्ठी बाधेँर पहेलो भएको देखेछन्, पछि प्रहरीलाई खबर गरेर शव अस्पताल लगिएको हो ।’ 

केही महिनाअघि मात्रै यसै गाउँका २२ बर्षीय दिपक लोहारको भारतमा ज्यान गएको थियो । उनको मोटरसाइकल दुर्घटना ज्यान गएको भनिएको थियो । अहिले वैदेसीक रोजगारीमा गएका धेरै युवाहरुले उतै ज्यान गुमाउदाँ गाउँघर सोकाकुल बन्न थालेका छन् । कतिपय युवाले वैदेशीक रोजगारीबाट राम्रै आम्दानी गरेर आर्थिक प्रगती गरेको देखिएको छ भने, केही घर परिवारको साहारा सधैँका लागि गुमेको छ । 

शनिबार दुवईमा ज्यान गुमाएका बिष्णुका बुवा आमाले ७० बर्ष नाघिसकेका छन् । उनीहरुलाई बुढेसकालमा तराईमा घर किनेर उतै बसाल्ने रहर थियो बिष्णुको । अहिले गाउँमा पनि पक्की घर बनाइरहेका थिए । आफ्नो नयाँ घर देख्ने र परिवारलाई तराईमा सुखसँग बसाउने बिष्णुको रहर अधुरै रह्यो ।