धनगढीः कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ परेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा बसिरहेका छन भन्ने विषेश सूचनाको आधारमा खानतलासी गर्दा जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्साम बस्ने ३२ वर्षीय भक्तबहादुर शाही पक्राउ परेका हुन्।
दुबै जनालाई १ के.जी. ७०६ ग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।