Skip to main content

डडेल्धुरामा श्रीमानको हसिया प्रहारबाट श्रीमतीको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
मृत्यु भएको छ

धनगढी : डडेल्धुराकी एक महिलाको श्रीमानको हँसिया प्रहारबाट मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले श्रीमतीको हत्या गरेका हुन् । उनको हँसिया प्रहारबाट ४० वर्षीय खिमादेवी भुलको मृत्यु भएको प्रहरीले बताएको छ ।

डडेल्धुरा प्रहरीले करनलाई शुक्रवार बिहान पक्राउ गरेको छ । उनले बिहिवार राति श्रीमतीको हँसिया प्रहार गरेर हत्या गरेका थिए ।