Skip to main content

गोदावरी नगरपालिकालाई चेम्बर अफ कमर्सद्वारा कम्प्युटर सहयोग

Submitted by editor on
ईबिगुल संवाददाता
com

धनगढी : जेन–जी आन्दोलनको क्रममा गोदावरी नगरपालिका पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सेवा सञ्चालनमा बाधा परेको छ । यस समस्याको समाधानका लागि कैलाली चेम्बरको नेतृत्वमा कैलाली चेम्बर र प्रदेश चेम्बरका सदस्यहरूले संयुक्त रूपमा करिब २५ हजार बराबरको कम्प्युटर सेट एक थान नगरपालिका लाई हस्तान्तरण गरेका छन् ।


कैलाली जिल्ला अध्यक्ष प्रमोद अधिकारी, सुदूर पश्चिम प्रदेश अध्यक्ष विनोद मल्ल र धनगढी नगर चेम्बरका अध्यक्ष प्रमोद थापाले गोदावरी नगरापालिकालाई यी सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

सहयोगीहरूको पहलले गोदावरी नगरपालिकाको सेवा प्रवाहमा सहजता आउने जनाएको छ ।