Skip to main content

भूमि सुधार तथा मालपोत कार्यालय कैलालीलाई सहकारीद्वारा ३ लाख बढी सहयोग

Submitted by editor on
ईबिगुल संवाददाता
sakari sayog

धनगढी : जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भूमि सुधार तथा मालपोत कार्यालय कैलालीलाई सहकारी संस्थाहरुले सहयोग गरेको छन । तत्काल सेवा संचालन गर्न सहजताका लागि कैलालीमा क्रियाशील सहकारी संस्थाहरुले कार्यालयलाई ३ लाख बढी रकम सहयोग गरेको हो ।

कार्यालयका प्रमुख भीमबहादुर दौल्याललार्ई सहकारीका तर्फबाट नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले रकम हस्तान्तरण गरेका हुन् ।
कार्यालय प्रमुख दौल्याले सहयोग रकम बुझ्दै सहकारीको सहयोगका कारण अलिकति भएपनि कार्यालय संचालन गर्न सहयोग पुग्ने बताउँदै धन्यवाद ज्ञापन गरेका थिए । सहयोग गर्ने सहकारी मध्ये नवजीवन सहकारी संस्थाले रु ४० हजार, हिमशिखर बहुउदेश्यीय सहकारी संस्थाले ३५ हजार, संगम वचत तथा ऋण सहकारी संस्थाले ३५ हजार, सुर्मासाइपाल बचत तथा ऋण सहकारी संस्थाले २० हजार सहयोग गरेको हो ।

त्यस्तै, नमस्ते बचत तथा ऋण सहकारी संस्थाले १५ हजार, परिश्रमी बहुदेश्यीय सहकारी संस्थाले २० हजार, नवज्योति कृषि सहकारी संस्थाले १२ हजार, किसान बहुदेश्य सहकारी संस्थाले १० हजार र दाइजो कृषि सहकारी संस्थाले १० हजार सहयोग गरेको कार्यालयका प्रमुख दौल्यालले जानकारी दिए । अन्य सहकारी संस्थाहरुले पनि सहयोग गर्ने सुर्मासाइपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदनराज रेग्मीले जानकारी दिए ।
उनले भने ‘हामीले अहिले प्राप्त भएको कही नगद र चेक हस्तारण गरेका छौँ । फेरि पनि प्रतिवद्धता भएको रकम हस्तान्तरण गर्छौ ।’ उनले सहरकारीको सानो सहयोगले कार्यालय सञ्चालनमा थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए । २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनले गर्दा कैलाली सबैजस्तो सरकारी कार्यालयहरु ध्वस्त भएका छन् ।