Skip to main content

क्षतिग्रस्त भौतिक संरचनाका भवनहरुको निरीक्षणमा ८ दिनेपछि पुगे सुदूरपश्चिमका मुख्यमन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
nn

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते भएकोे तोडफोड र आगजनीबाट क्षतिग्रस्त भौतिक संरचनाका भवनहरुको निरीक्षण गरेका छन । आगजनी भएको ८ दिनपछि मुख्यमन्त्री शाह सहितको टिमले सुदूरपश्चिम प्रदेशका धनगढीमा रहेका विभिन्न कार्यालयको अनुगमन गरेको हो ।

 २४ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सुरक्षा समितिको बैठक जारी रहेको वेला वाहिरबाट तोडफोड र आगजनीभएपछि मुख्यमन्त्री र मन्त्रीहरु पछाडीको गेटबाट नेपाली सेनाले उद्धार गरेर तेघरीमा रहेको ब्यारेकमा पुगाएको थियो ।  

मुख्यमन्त्री शाहले मंगलबार धनगढीस्थित विभिन्न सरकारी कार्यालयहरूमा पुगेर क्षतिको अवस्था अवलोकन गरेका हुन । निरक्षणका क्रममा उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा, जिल्ला अदालत कैलाली, डिभिजन वन कार्यालय धनगढी लगायतका कार्यालयहरुमा पुगे ।

निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रदेश सरकार सार्वजनिक सम्पत्ति र संवैधानिक अंगहरूमा भएको क्षतिप्रति गम्भीर रहेको प्रतिक्रिया दिए।