Skip to main content

शिवपुरी धामभीत्रका अधुरा कामहरु प्रदेश सरकारले गर्छ : मन्त्री देउवा

Submitted by editor on
ईबिगुल संवाददाता
प्रकाश देउवा

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले शिवपुरी धामका अधुरा कामहरु प्रदेश सरकारले बताउने बताएका छन । मंगलबार, शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाममा लागेको श्रीमद भागवत महाज्ञान यज्ञको समापन समारोहमा प्रमुख अथितिको रुपमा बोल्दै मन्त्री देउवाले यस्तो बताएका हुन ।

‘शिवपुरी धाम सुदूरपश्चिमकै धार्मिक पर्यटकीय गन्तब्य बन्नुपर्छ, प्रदेश सरकारले यसपाली पनि शिवपुरी धामको विकासका लागि बजेट छुट्याएको छ । अर्को वर्ष शिवपुरी धामको पर्खालका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछुु’ मन्त्री देउवाले भने ।
उनले आफ्ुनो घर भएको क्षेत्र, आफुलाई जिताएर यहाँसम्म पुुगाउने जनताको आस्थाको केन्द्र शिवपुुरी धामको विकासका लागि प्रदेश सरकार सदैव तयार रहने पनि उनले प्रतिबद्धता गरे । 

‘मेरो घर यसै वडामा हो, मलाई यस क्षेत्रका जनताले जिताएर यहाँसम्म पुुगाए, शिवपुरी धाम मात्रै होईन, सुदूरपश्मिलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउनका लागि पनि सरकारले निर्णय गरेको छ । शिवपुरीका अधुरा कामहरु अब प्रदेश सरकारले गर्छ’ मन्त्री देउवाले भने ।

उनले खप्तड क्षेत्रमा आयोजना गरिएको मानसखण्ड सम्मेलन पनि प्रदेश सरकारको धार्मिक पर्यटनको विकासको आधार कडी भएको जिकिर गरे । ‘हामीले खप्तडमा मानसखण्ड सम्मेलन ग¥यौं । त्यसमा प्रधानमन्त्री आउनुुभयो । भारतबाट रामदेवा बाबा आउनुुभयो, त्यो प्रदेशको धार्मिक पर्यटनका लागि महत्वपूर्ण सम्मेलन थियो’ उनले भने ।

शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा फागुन २ गते देखि ११ औं श्रीमद भागवत महायज्ञ सुरु भएको थियो । महायज्ञको पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले उद्घाटन गरेका थिए ।