Skip to main content

श्री कलेज धनगढी कप फुटबलमा होलिल्याण्ड र एलायन्स बिजयी

Submitted by editor on
ईबिगुल संवाददाता
फुटबल प्रतियोगिता

धनगढी : धनगढीमा जारी श्री कलेज धनगढी कप फुटबल प्रतियोगितामा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरिया र एलायन्स इन्टरनेशनल स्कुल धनगढी बिजयी भएका छन् । 

मंगलबार धनगढी रगंशालामा भएको पहिलो खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले कैलाली मोडेल माध्यमिक बिद्यालयलाई ५–० गोल अन्तरले पराजित गरेको छ । होलिल्याण्ड सेकेन्ड्री स्कुलका मिलन बोहराले कैलाली मोडेलका बिरुद्ध ४ गोल हाने ।

यस्तै दोश्रो खेलमा एलायन्स इन्टरनेश्नल स्कुलसँग अत्तरियाको लोटस आइ स्कुल ४–२ गोल अन्तरले पराजित भयो । खेलको निर्धारित समयसम्म बराबरीमा बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा एलायन्स इन्टरनेश्नलले ४ गोल प्रहार गर्दा उसका बिरुद्ध होलिल्याण्डले २ गोल मात्रै फर्काउन सक्यो । यस संगै होलिल्याण्ड स्कुल प्रतियोगिताबाट बाहिरिएको छ । 

१० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा.लीका अध्यक्ष रामचन्द्र शाहीले बताए ।