Skip to main content

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन : आज १२ बजेबाट मतदान हुने

Submitted by editor on
ईबिगुल संवाददाता
दिउसो १२ बजेबाट मतदान हुने

सुखड (कैलाली) : नेकपा एमाले कैलाली जिल्ला कमिटिका लागि आज (विहीबार) दिउसो १२ बजेबाट मतदान हुने भएको छ । निर्वाचन समितिले अधिवेशन उद्घाटन भएपछि निर्वाचन तालिका तीन पटक संसोधन गरेको हो । 

एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो । 

कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । 

प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले तेस्रो पटक तालिका सार्वजनिक गर्दै निर्वाचन विहीबार १२ बजेदेखि ५ हजेसम्म हुने बताएका छन ।