Skip to main content

नेकपा एमाले कैलालीको निर्वाचन : ढाई बजेसम्म ४० प्रतिसत मतदान

Submitted by editor on
ईबिगुल संवाददाता
जिल्ला कमिटिको निर्वाचन

सुखड (कैलाली) : नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला कमिटिको निर्वाचनमा दिउसो ढाई बजेसम्म ४० प्रतिसत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले दिएको जानकारी अनुसार दिउसो २ : ३० बजेसम्म २४० जनाले मतदान गरेका छन ।

एमालेको जिल्ला नेतृत्व चयनका लागि जिल्लाभरीबाट ५९१ प्रतिनिधि चयन भएका थिए । शुुक्रबार विहान ८ः४५ बजेदेखि मतदान सुरु भएका थियो । दिउसो १ः४५ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मतदान नसकिने देखेपछि निर्वाचन अधिकृतको कार्यालयले त्यो समय बढाएर बेलुकी ५ बजेसम्मका लागि तय गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र तोकेको छ । ‘एकै जनालाई मत हाल्न १ घण्टा ७ मिनेट पनि लागेको पाईयो, बढी उमेदवार भएकाले मतपत्र पनि ठुलो छ, मतदातालाई आफ्नो मन परेको उमेदवारको नाम खोज्न समय लागि रहेको छ’ निर्वाचन अधिकृत जोराले भने ।
निर्वाचन समितिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको जनाएको छ । एमालेको जिल्ला कमिटिको निर्वाचन शुक्रबार छैटौं दिन सुरु भएको हो । 
नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल नै चुनावी मैदानमा छ । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन । 

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।
खुला, भुुगोल, विभिन्न कलस्टरमा १४५ जना सदस्य पदमा दोब्बर बढी उमेदवारी परेकाले मतदानमा ढिलाई भईरहेको छ । 

निर्वाचन समितिले बेलुकी ५ बजेसम्मका लागि मतदानको समउ तोकिएपनि, त्यो बेलासम्म मतदान परिषरभीत्र प्रवेश गरिसकेको मतदातालाई मतदान गर्न दिईने जनाएको छ ।