Skip to main content

आर्थिक मामिला मन्त्रालय : चार महिनामा साढे ७ लाखको गाडी मर्मत

Submitted by editor on
ईबिगुल संवाददाता
गाडी मर्मतमा मात्रै ७ लाख ६० हजार

धनगढी : सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले चार महिनाको अवधीका गाडी मर्मतमा मात्रै ७ लाख ६० हजार खर्च गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्री नरेश बहादुर शाहीले चढने ३ वटा गाडीमा मात्रै २ लाख ९३ हजार रकम खर्च गरिएको छ । 

मन्त्री शाहीले चढने गाढी सुप प्रदेश ०१–००१ –झ ४८५ मा २०८० सालको साउन २८ गते देखि कार्तिक्को २३ गतेसम्म १ लाख ५ हजार ६८३ र मन्त्री शाहीले नै चढने अर्को सुप प्रदेश ०१–००१ –झ ३०५ नम्बरको गाडीमा २०८० सालको साउन ३ गतेदेखि भदौको ४ गतेसम्म १ लाख ८३ हजार ३९९ रकम मर्मतमा खर्च गरिएको छ ।

बा २ झ १४४७ नम्बरको गाडीमा सबै भन्दा बढी २ लाख १५ हजार २०८ रुपैया खर्च गरिएको छ । ‘यो गाढी पहाडी जिल्ला टुरतिर प्रयोग हुन्छ, अफरोड चल्ने भएकाले मर्मतमा बढी खर्च भयो’ मन्त्रालयका सूचना अधिकारी धन बहादुर रोकायाले भने ।

आर्थिक मामिला मन्त्रालयमा ८ वटा गाडी छन । सचिवले चढने बागमती प्रदेश ०१–००२ –झ ५९४४ नम्बरको गाडी मर्मतमा भने ३२ हजार ९३४ रकम खर्च भएको छ ।