Skip to main content

प्रदेशको पूँजीगत खर्च बढाउन आर्थिक मामिला मन्त्रिको निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
नरेश बहादुर शाही

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश बहादुर शाहीले पूजीगत खर्च कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएका छन । प्रदेश लेखा नियन्त्रण कार्यालयले मंगलबार आयोजना गरेको लेखा तथा बेरुजु सम्बन्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन ।

‘जहिले पनि पूजीगत बजेट कार्यान्वयन भएन भनेर आलोचना हुने गरेको छ । यसपाली पूजीगत बजेटको कार्यान्वयनको अवस्थामा विगत भन्दा सुधार देखिनुपर्छ’ मन्त्री शाहीले भने । ‘त्यसो भन्नुको मतदल फेरि कागजात नै नपुुगेको वा अधुरा कामको भुक्तानी गर्नुस भन्ने चाई होईन ।’

मन्त्री शाहीले धेरैजसो बेरुजु असुल उपर गर्नुपर्ने भन्दा पनि प्रकृया नमिलेर गरिएको भुुक्तानीमा आएको बताए । ‘कागजात पुराएर नियमसँगत रुपमा भुक्तानी भयो भने बेरुजुपनि घटछ’ उनले थपे । 

उनले प्रदेश सरकारको सम्पत्तिलाई लेखा समितिले व्यवस्थापन गर्नुपर्ने बताउदै प्रदेशको विकास र पारदर्शिताका लागि सबैले लाग्नुपर्ने बताए ।