Skip to main content

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Submitted by editor on
ईबिगुल संवाददाता
२ रनले पराजित

काठमाडौं : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । टीयु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको हो । १८५ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ५०, आशिफ शेखले ३४, कुशल मल्लले ११ र करण केसीले ११ रन बनाए । 

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेदरल्याण्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे ।