Skip to main content

ऐश्वर्य विद्या निकेतनको ४७ औं वार्षिकोत्सव (फोटोफीचर)

Submitted by editor on
शिवराज भट्ट
ऐश्वर्य विद्या निकेतन

धनगढी : ऐश्वर्य विद्या निकेतन धनगढीले आफ्नो ४७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय परिषरमा एक भब्य कार्यक्रमका बीच बार्षिकोत्सव कार्यक्रम मनाएको हो । 

वार्षिकोत्सवको पानसमा दिप प्रज्वलन गरेर सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरे । विद्यार्थी नै नभएका विद्यालयहरुमा नयाँ नयाँ भवन बनिरहेको बताउदै उनले प्रदेश सरकार त्यस्तो गतिविधि रोक्ने प्रयासमा लागेको बताए । 

उनले ऐश्वर्य विद्या निकेतनले प्रदेशको शिक्षामा महत्वपूर्ण योगदान पुुगाएको चर्चा गरे । मुख्यमन्त्री शाहले विद्यालयको पुर्वाधारका लागि बसेर छलफल गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर ओडको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक प्रेमनीधि ओझाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, नाटकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी, नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थी, पुर्व ब्यवस्थापकहरुलाई सम्मानित गरिएको थियो ।