Skip to main content

मुख्यमन्त्री कमल बहादुर शाहद्वारा माओवादीका दुुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

Submitted by editor on
मुख्यमन्त्री कमल बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरेर उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी माललाई बर्खास्त गरेका हुन ।
ईबिगुल संवाददाता
२ मन्त्री र एक राज्यमन्त्री बर्खास्त

धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिममा माओवादीका २ मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरिएका छन । मुख्यमन्त्री कमल बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरेर उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र  उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी माललाई बर्खास्त गरेका हुन ।

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् ।

सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् । 

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।