Skip to main content

सरकारको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै

Submitted by editor on
ईबिगुल संवाददाता
माओवादी केन्द्र संसदीय दल

धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले सरकारको समर्थन फिर्ता लिन आज १० बजे संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मान बहादुर धामीले समसामयीक राजनीतिक घटनाक्रमका बारेका छलफल गर्न बैठक बोलाईएको बताए । ‘१० बजे संसदीय दलको बैठक बोलाएका छौं, त्यसमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय हुन्छ । समसामयीक परिवर्तित राजनीतिक छलफल पनि हुन्छ’ संसदीय दलका नेता मान बहादुर धामीले भने । 

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको हो । मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्य मन्त्री गीतादेबी माललाई बर्खास्त गरेको थियो ।

आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिन लागेको हो ।