Skip to main content

सुदूरपश्चिममा समाजवादी समर्थन फिर्ता लिदै, मुख्यमन्त्री शाह अल्पमतमा पर्दै

Submitted by editor on
शिवराज भट्ट
समर्थन फिर्ता लिने

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने भएका छन । 

केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै सुदूरपश्चिममा पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिईएको समर्थन फिर्ता लिने निर्णयमा पुुगेको हो । आज (विहीबार) १० बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिईएको समर्थन फिर्ता लिने तयारी भएको समाजवादी संसदीय दलको कार्यालय स्रोतले जनाएको छ ।

योसँगै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा परेका छन । बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।  नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना  र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै मुख्यमन्त्री शाहलाई सहर्थन रहने छ । 

स्तन्त्र सांसद डाक्टर तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन । उनले अहिलेसम्म कुनै पनि निर्णयमा नपुुगेको बताएका छन । 

तर नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागि नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत नपुुग्ने देखिन्छ । समाजवादीले समर्थन फिर्ता लिएसँगै शाहसँग २६ र नयाँ गठबन्धनमा २५ जना भएका छन । राप्रपाका एकजना प्रदेश सभा सदस्यले पुरानो गठबन्धनमा विपक्षमा भोट हालेका थिए ।