Skip to main content

अल्पमतमा रहेका मुख्यमन्त्री शाहद्वारा रातारात मन्त्रीमण्डल विस्तार

Submitted by editor on
आर्थिक मामिला मन्त्रीमा घनश्याम चौधरी, विनाविभागिय मन्त्रीमा खुसीराम चौधरी र भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा ईन्द्रा गिरि नियुक्त
मन्त्रीमण्डल विस्तार

धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन । शुक्रबार राती ९ बजेतिर उनले नागरिक उन्मुुक्ति पार्टीका ३ जना मन्त्री थपेका हुन । 

मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा घनश्याम चौधरी, विनाविभागिय मन्त्रीमा खुसीराम चौधरी र भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा ईन्द्रा गिरिलाई नियुक्त गरेका छन ।  

दुुई जना मन्त्रीको प्रदेश प्रमुख देबराज जोशी र राज्यमन्त्रीको मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार राती नै सपथ गराएका छन । आर्थिक मामिला मन्त्रीमा यसअघि समाजवादीका नरेश कुमार शाही थिए ।  

तर नागरिक उन्मुक्तिकै तर्फबाट भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाएर ईन्द्रा गिरिलाई नियुक्त गरिएको कुरा भने अर्थपूर्ण रुपमा लिईएको छ । 

मुख्यन्त्री शाहसँग आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६जनाको समर्थन छ । स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशीले विश्वासको मतका बेला मुख्यमन्त्रीको पक्षमा मतदान गरेपनि अहिले मन्त्री पद भने अस्विकार गरेका छन ।  

उनलाई राप्रपाकी खेमादेबी विष्टले पनि केन्द्रबाट निर्णय नआउदासम्म मन्त्री नखाने भनेपछि मुख्यमन्त्री शाहले बहुमत भने जुटाउन सकेका छैनन । नागरिक उन्मुक्त भीत्र बर्तमान गठबन्धनमा सहभागि हुने र नहुने दुुई धार देखिएकाले मन्त्री राज्यमन्त्री बनाएर रोक्ने प्रयास गरिएको आँकलन पनि गरिन थालिएको छ ।