Skip to main content

अध्यक्ष विरामी भएपछि नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक स्थगित

Submitted by editor on
ईबिगुल संवाददाता
अध्यक्ष विरामी भएपछि नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक स्थगित

टीकापुर : टीकापुरमा आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी परेर  अस्पताल भर्ना भएकाले बैठक स्थगित भएको संस्थापक केन्द्रीय सदस्य रमेश विकले बताए ।

‘अध्यक्ष ज्यु काठमाण्डौं हुनुहुन्थ्यो, विरामी भएर अस्पताल भर्ना हुनु भएको रहेछ, आउन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो’ केन्द्रीय सदस्य विकले भने । अध्यक्ष रञ्जीताले नयाँ गठबन्धनमा जाने वा नजाने र सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा आज टीकापुर केन्द्रीय समितिको बैठक आह्वान गरेकी थिईन ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाहबिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमान् समेत रहेका नाउपा संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन् । सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ । 

मुख्यमन्त्री शाहले नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर आफू नेतृत्वको सरकारलाई बहुमत पु¥याउने प्रयास गरिरहेका छन् ।