Skip to main content

सुदूरपश्चिम सरकारमा थपिए उन्मुक्तिका लक्ष्मण किशोर चौधरी

Submitted by editor on
ईबिगुल संवाददाता
लक्ष्मण किशोर

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्तिबाट एकजना मन्त्री थपेका छन । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन ।

प्रदेश प्रमुख देबराज जोशीले आज अपरान्ह लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए । यो सँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री भएका छन । ७ प्रदेश सभा सदस्य मध्ये ५ जना मन्त्री भएका हुन ।

मुख्यमन्त्री शाहले शुक्रबार मात्रै उन्मक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई विना बिभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बनाएका थिए । उन्मुक्तिका रामेश्वर चौधरी यसअघि नै भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए । 

यो सँगै सुदूरपश्चिमको मन्त्रीमण्डलमा आन्तरिम मामिला मन्त्री शिवराज भट्ट बाहेक ७ जना मन्त्री कैलालीका मात्रै भएका छन । शिवराज भट्ट बैतडीबाट काँग्रेसका प्रदेश सभा सदस्य हुन ।