Skip to main content

सुदूरपश्चिमका लागि अर्घाखाँचीका नजिर मियाँ प्रदेश प्रमुख नियुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
 नजिर मियाँ प्रदेश प्रमुख नियुक्त

धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन । नेकपा एमालेका नेता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नजिर मियाँ सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन । उनी अर्घाखाँची जिल्लाका हुन । मियाँ नेपाल मुस्लिम ईत्तेहाद संगठनका पूर्व अध्यक्ष समेत हुन ।

मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाली काँग्रेसका बाजुराका नेता देबराज जोशीलाई सुदूरपश्चिमको प्रदेश प्रमुखबाट हटाएको हो । निर्वतमान प्रदेश प्रमुख जोशीको सुदूरपश्चिमको कार्यकाल भने निर्विवाद रहेको थियो ।