Skip to main content

उन्मुक्तिले दियो दाहाललाई विश्वासको मत, के होला सुदूरपश्चिमको समिकरण ?

Submitted by editor on
ईबिगुल संवाददाता
पुुष्पकमल दाहाल

धनगढी:  अन्तत नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । बुधबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेका छन ।

प्रतिनिधिसभामा २६८  जना उपस्थित थिए ।  एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह, अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका हु्न् ।  प्रचण्डले यसअघि  २६ पुस  २०७९ मा पहिलो पटक र  ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए ।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए ।

फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र,रास्वपा,जसपा,एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक थियो ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, जसपाका १२ र नेकपा एकीकृतका १०, जनमतका ६, लोसपाका ४ जना, नागरिक उन्मुक्तिका ४, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, स्वतन्त्र ३ जना सांसद छन् । 

जसमध्ये कांग्रेस सांसद टेकबहादुर गुरूङ र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् भने इलाम–२ मा सुवास नेम्बाङको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ ।