Skip to main content

एमालेका अध्यक्ष ओली आज कञ्चनपुर आउदै, सुुख्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्ने, महेन्द्रनरमा आमसभा

Submitted by editor on
केपी शर्मा ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन । उनी नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटनका लागि कञ्चनपुर आउने भएका हुन । 

अधिवेशनको उद्घाटन अघि ओली दोधाराचाँदनीमा निर्माण सुरु हुने तयारीमा रहेको सुख्खा बन्दरगाहको निरिक्षणमा समेत जानेछन । उनले महाकाली नदीमा बनेको चारलेनको पुलको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

दोधाराचाँदनीमा उनले १५ शैयाको अस्पताल उद्घाटन गर्नेछन भने उनले दोधाराचाँदनीकै वडा कार्यालयको भवन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कञ्चनपुरले जनाउको छ । दिउसो १ बजेदेखि महेन्द्रनगरको मुख्य बजारमा रहेको लोकतान्त्रीक चोकमा उनले आमसभा सम्बोधन गर्नेछन ।

आजै बेलुुकी  ओलीले कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा निर्माण भएको बहुप्राबिधिक शिक्षालयको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।