Skip to main content

एमाले अध्यक्ष ओलीले भने एमाले नटेर्नेहरु सिद्धिन्छन

Submitted by editor on
ईबिगुल संवाददाता
एमाले अध्यक्ष ओलीले भने एमाले नटेर्नेहरु सिद्धिन्छन


महेन्द्रनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताएका छन्। बिहीबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित कार्यक्रममा उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने बताएका हुन्। 

'एमाले एउटा शक्ति हो, जसलाई पुरै आखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,' उनले भने। उनले एमालेलाई हेप्नेहरू धोका खानेसमेत बताए। उनले कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाट हट्नु परेको बताए।

'हामी लोकतान्त्रिक प्रणालीमा छौं। बहुदलीय व्यवस्थामा छौं। दलहरू फरक-फरक हुन्छन्। विचार फरक होला। तर, संविधानको रक्षा, देशको एकताका लागि राष्ट्रको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, जनताले साथ दिनुपर्छ,' उनले भने।

उनले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। 'सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,' उनले भने।