Skip to main content

निर्माणमा लापरवाही गरेको भन्दै हुलाकी राजमार्ग योजना कार्यालयमा तालाबन्दी

Submitted by editor on
ईबिगुल संवाददाता
निर्माणमा लापरवाही गरेको भन्दै हुलाकी राजमार्ग योजना कार्यालयमा तालाबन्दी

धनगढी : हुलाकी राजमार्ग, धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ । कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाइएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीमा क्रान्तिकारी युवा संगठनले शुक्रवार बिहान ताला लगाएको हो । कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई कर्मचारीले संरक्षण गरेको आरोप संगठनको छ ।

हुलाकी राजमार्ग निर्माणको काम अलपत्र गर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ ।