Skip to main content

मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख नजीर मीयाद्वारा पदभार ग्रहण (फोटोफीचर)

Submitted by editor on
शिवराज भट्ट
नेपालको पहिलो मुश्लीम प्रदेश प्रमुख नजीर मीयाद्वारा पदभार ग्रहण (फोटोफीचर)

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहणपछि उनले प्रदेशको काम ईमान्दारिताका साथ गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘म प्रदेशमा रहदासम्म ईमान्दारिताका साथ काम गर्नेछु । कसैसाग पक्षपात गर्नेछैन । सम्पुर्ण जनतालाई समान ब्यवहार गर्नेछु’ उनले भने ।

प्रदेश प्रमुख मियाले आफुले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम ग¥यो भन्ने वातावरण बनाउन कोषिश गर्ने बताए । ‘म यहाँबाट जाँदा सबैले राम्रो काम ग¥यो भनून, म कानून बमोजिम जनताको पक्षमा काम गर्नेछु’ उनले भने । 

नजीर मिया, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुुन । नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देबराज जोशी हटाउर मियालाई नियुक्त गरेको थियो । 

मधेस, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशका प्रदेश प्रमुख नयाँ नियुक्त भएका हुन  । मिया अर्घाखाँची जिल्लाका हुन । मियाँ नेपाल मुस्लिम ईत्तेहाद संगठनका पूर्व अध्यक्ष समेत हुन ।