Skip to main content

सात जना महिला सौराइ नारी सम्मान २०८० द्वारा सम्मानीत

Submitted by editor on
ईबिगुल संवाददाता
सात जना महिला सौराइ नारी सम्मान २०८० द्वारा सम्मानीत

धनगढी : धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८०’ सम्पन्न भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरूलाई सम्मान गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका तर राज्यको दृष्टिकोणमा नपरेका महिलाहरूलाई सौँराइ स्क्वायरले सम्मान गरेको हो । सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट जयकला रावल, शारीरिक रूपमा असक्त भएर पनि सफल व्यवसायी शान्ति रोकाया, थारु कला सस्कृती संरक्षणमा योगदान पु¥याएकी नृत्याङ्गना सदिक्षा चौधरी, मानवअधिकारकर्मी महेश्वरी भट्ट, शिक्षिका तुलसी शर्मा, समाजसेवी शारदा शाह र पत्रकार जमुना न्युरे रहेका छन् ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना रहेकी थिईन । उपमेयर रानाले समाजमा अझैँ लैङ्गिक समानता नभएको बताउँदै नगरपालिकामा समेत अधिकांश प्रमुख पदहरूमा पुरुष नै रहेको जिकिर गरिन् । महिलाहरूको समान ज्याला एवं कानुनी पक्रियामा पनि समान हुनु पर्नेमा जोड दिइन् ।

यसरी नीजि क्षेत्रबाट समाजमा हरेक क्षेत्रमा कार्य गरी रहेका महिलाहरूलाई एक ठाउँमा ल्याई गरिएको सम्मानले महिलाहरूमा अझै ऊर्जा थपिएको बताएका छन ।

कार्यक्रममा कैलाली मोडल क्याम्पसका प्रधानाध्यापक तपेन्द्र सिंह विशिष्ट अतिथि रहेका थिए । सौँराइ स्क्वायर धनगढीका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरुलाइ सम्मान गर्न पाउँदा सौँराइ परिवार हर्षित भएको बताए । लामो समय प्रदेशमा बसेर अब नेपालमै केही गर्ने भनेर आफू नेपाल फर्किएको उनले बताए । आफ्नै ठाउँमा व्यापार गर्दा यहाँका युवाहरूका लागि रोजगारको पनि सिर्जना हुने भएकाले पनि आफूले व्यवसाय गर्न धनगढी रोजेको उनले बताए ।