Skip to main content

कमल बहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता नलिने नागरिक उन्मुक्तिको निर्णय

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता नलिने नागरिक उन्मुक्तिको निर्णय

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आईतबार दिउसो २ बजेदेखि संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यसतो निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले ५ जना प्रदेश सभा सदस्यको उपस्थितिमा यस्तो निर्णय भएको बताए । ‘हामीहरु कमल बहादुर शाह नेतृत्वको सरकारमै छौं, ५ जना मन्त्री पनि भएका छौं । संसदीय दलको बैठकले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ’ बैठक पछि उनले भने । 

बैठकमा दलका नेता घनश्याम चौधरी (आर्थिक मामिला मन्त्री), भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरी तथा भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री ईन्द्र गिरि गरी ५ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो ।

तर संघमा भने नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनमा मतदान गरेको थियो । उन्मक्तिकी अध्यक्ष रञ्जीता चौधरी र संरक्षक रेशम चौधरी बीचको विवाद यस निर्णयले अझ उजागर भएको छ ।