Skip to main content

नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी भन्छन, ‘दलको निर्णय नमान्नेलाई कारवाही ठोक्छु’

Submitted by editor on
शिवराज भट्ट
घनश्याम चौधरी
घनश्याम चौधरी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले दलको निर्णय नमान्नेलाई कारवाही गर्ने बताएका छन । आईतबार मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेलगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै नेता चौधरीले यस्तो बताएका हुन ।

दुुई जना प्रदेश सभा सदस्य कैला चौधरी र टीका  थापा बैठकमा नआएको प्रसंग कोट्याउदै पत्रकाहरुले सोधेको प्रश्नको जवाफमा नेता चौधरीले भने, ‘कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टीको सांसद हुन । उनले नागरिक उन्मुक्तिको लोगो लगाएका छन । उनलाई नागरिक उन्मुक्ति पार्टीले नै राज्यमन्त्री पनि बनाएको हो । अझ उनलाई मन्त्री बनाउनका लागि पनि नागरिक उन्मुक्ति तयार छ । तर पनि उनले दलको निर्णय मान्नुभएन भने कारवाही हुन्छ ।’

केन्द्रमा पुुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संदीय दलले भने शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले समर्थन फिर्ताको निर्देशन दिएका बेला आईतबार बहुमत प्रदेश सभा सदस्यहरुले शाहलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेपछि प्रदेशको राजनीति तरंगीत भउको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । यी दुुई पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकमा आईतबार २ जना प्रदेश सभा सदस्य अनुपस्थित रहेपछि, शाहलले विश्वासको मत पाउने वा नपाउने ढुक्क हुने वातावरण भने बन्न सकेको छैन । 

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका एकजना प्रदेश सभा सदस्यको निधन भएकाले उसका १८, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टीका ७, समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५२ जना प्रदेश सभा सदस्य छन । 

बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन । काँग्रेसलाई नागरिक उन्मुक्तिका ७, स्वतन्त्र र राप्रपाले समर्थन गरे मात्रै बहुमत पुुग्छ । राप्रपा र स्वतन्त्रले निर्णय गरि नसक्नु, नागरिक उन्मुक्तिका २ जना बैठकमै अनुपस्थित हुनले पनि मुख्यमन्त्री शाहलाई बहुमत पुुगाउन चुनौती भने कायमै छ । तर काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी भने उन्मुक्तिको निर्णय पछि बहुमत पुुग्ने दाबी गर्छन ।

‘उन्मुक्तिका केही सदस्य अनुपस्थित रहे । त्यसको केही कारण होला तर संसदीय दलको निर्णयले अब काँग्रेस नेतृत्वको सरकार बहमुत पाउनेमा विश्वस्त छौं’ उनले भने । उनले छिट्टै संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री शाहले विश्वसको मत लिने बताए ।

संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरी तथा भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री ईन्द्र गिरि गरी अहिलेको सरकारमा उन्मक्तिका ५ जना मन्त्री छन । तर संघमा नयाँ गठबन्धनमा मतदान गरेको र प्रदेशमा अर्कै गठबन्धन बनाएपछि, अध्यक्ष रञ्जीता चौधरी र संरक्षक रेशम चौधरी बीचको विवाद अझ पेचिलो बनेको छ ।