Skip to main content

सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोडने कर्णालीको पुल आजदेखि सञ्चालनमा

Submitted by editor on
ईबिगुल संवाददाता
कर्णालीको पुुल आजदेखि सञ्चालनमा

धनग ढीः आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि सञ्चालनमा आएको सडक डिभिजन नेपालगञ्ज (बाँके) ले जनाएको छ । 

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले भने ‘पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने निर्णय आएको हुँदा आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।’

गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा डोरीमा आगोले क्षती पुगाएको थियो भने पुलको सतहमा पनि क्षती भएको थियो ।

सडक डिभिजनले पुलको सतहमा ढलान गर्नुपरेकाले केही दिन पुलको आवागमन रोक्न परेको जनाएको छ ।