Skip to main content

ह्वाट्सएपमा फोन गर्दै धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की

Submitted by editor on
ईबिगुल संवाददाता
ह्वाट्सएपमा फोन गर्दै धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की

धनगढी : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ । मेयर हमालको ह्वाट्सएपमा कल गर्दै राना थरका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । आज राती ज्यान मार्ने भन्दै धम्की आएको हमालको सचिवालयले जनाएको छ । 

ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गरिदिन निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए । उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए । 

नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए । ‘धम्की दिने व्यक्ति यही मटियारीको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’ एसपी विष्टले भने । ‘उसले मेयर सापलाई खबरदार भनेर लेखेको रहेछ ।’

प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै प्रहरीमा आउने बताएका छन । प्रहरी प्रमुख विष्टले भने, ‘रानाले लिन आउनु पर्दैन भने पनि हामीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेका छौँ ।’ धम्की दिनुको कारण भने खुलेको छैन् । धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी एक्सनमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।