Skip to main content

नेकपा एमाले कञ्चनपुरमा सर्वसम्मत, नवनिर्वाचित पदाधीकारीलाई मध्यराती सपथ

Submitted by editor on
ईबिगुल संवाददाता
सर्वसम्मत चयन

महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरको जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । सोमबार मध्यराती पादाधिकारी र अधिकांस सदस्यहरुमा सर्वसम्मत भएको हो ।

नवौ अधिवेशनबाट अध्यक्षमा लक्ष्मी बुढा, उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोक कुमार चन्द निर्विरोध निर्वाचित भएका हुन ।

बुढा यसअघिको कार्यसमितिमा कार्यबाहक अध्यक्ष थिइन भने भट्ट सचिवमा फेरि दोहोरिएका छन । पदाधीकारीहरुमा सर्वसम्मत भएपछि एमाले अध्यक्ष ओलीको उपस्थितिमा मध्यराती निर्वाचित पदाधीकारीहरुलाई सपथ खुवाईएको छ ।

होटेल ओपेरामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय आयोगका सदस्य मनोज खड्काले अध्यक्ष लक्ष्मी बुढालाई सपथ खुवाए । त्यसपछि अध्यक्ष बुढाले कमिटीका उपाध्यक्ष सचिव र उप सचिवलाई सपथ खुवाएकी थिईन ।

अध्यक्ष मण्डलले पदाधिकारीका सबै उम्मेदवारसित बसेर छलफल गरी सहमति गरेपछि अन्यले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध भएका हुन् । अध्यक्ष ओलीले उनीहरु सबैलाई फूलमाला लगाएर बधाई दिएका थिए । 

शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीलाई मिसन ८४ का लागि केन्द्रित गर्न निर्देशन दिए । उनले गुटबन्दीले पार्टी कमजोर हुने भएकाले जिल्ला कमिटी सहित सबै नेताले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । जिल्ला कमिटीका सदस्यहरुको शपथ भने अर्को दिन गरिने भएको छ ।