Skip to main content

कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा

गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा तारको पासोमा परेको हो ।

सव डिभिजन कार्यालय बाँणी कञ्चनपुरले चितुवाको कम्बरमा तारको पासो परेको जनाएको छ । बनका कर्मचारीहरुलाई विहीबार बेलुकी मात्रै पासोका बारेमा जानकारी आएको थियो । 

चितुवालाई पासोमुक्त गर्न विज्ञहरुको टोली बोलाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाईएको टोली शुक्रबार विहान साढे ९ बजेसम् मभने उद्धारका लागि पुगेको छैन । बन संरक्षणकर्मी तथा पुर्व प्रदेश सभा सदस्य महेश दत्त जोशीले स्थानीय रामसिह खत्रीको आवादी जग्गामा हालिएको तारबारको खम्बामा तारको पासोमा चितुवा फसेको बताए ।

चितुवा तारको पासोमा परेको खबर पाएलगत्तै सव डिभिजन कार्यालय बाँणी कञ्चनपुरका बनरक्षक र अस्थाई प्रहरी पोस्ट पहरीयाका सुरक्षाकर्मीले रातभरी पहरा दिएका छन ।