Skip to main content

सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीया भन्छन, ‘अतिबाद र आतंकबादको कुनै धर्म हुदैन’

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीया भन्छन, ‘अतिबाद र आतंकबादको कुनै धर्म हुदैन’

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँले अतिबाद र आतंकवादको कुनै धर्म नहुने बताएका छन । अन्तर धार्मिक सदभाव संघ रुपन्देहीले सुदूरपश्चिममै आएर आयोजना गरेको सम्मान कार्यक्रममामा प्रदेश प्रमुख मियाँले यस्तो कुरा बताएका हुन ।

‘अतिवाद र आतंकवादको कुनै धर्म हुदैन । उनीहरु अवसरबादमा रमाउने गर्छन । त्यसैले धार्मीक सहिष्णुता आवश्यक पर्छ’ उनले भने । मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सदभाव संघ गठन भएको थियो । उनले हरेक धर्मावलम्बीबीचको सदभावका लागि यो संस्था गठन भएको बताए ।

‘धार्मिक द्वन्द्व खतरनाक हुन्छ । पछिल्लो समय धार्मिक अतिवाद हाबी भईरहेको छ । त्यसलाई न्यून पार्न र समाजलाई सहिष्णु बनाउन अन्तर धार्मिक सदभाव संघको जन्म भएको हो’ उनले भने ।

कार्यक्रममा विभिन्न धर्मालम्बीहरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा अन्तर धार्मिक सदभाव संघकी उपाध्यक्ष चन्दा थापामगरले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन भने रुपन्देहीबाट आएका सुरज थापा, सफर अली मिया, गणेश घिमिरे, पत्रका ऋषी आजाद, सोभाकर पौडेल लगायतले मुश्लीम समुदायबाट नेपालकै पहिलो प्रदेश प्रमुख बनेकोमा नजीर मियालाई बधाई दिएका थिए ।