Skip to main content

बझाङ १ को उप निर्वाचनमा एमालेबाट दमन बहादुर भण्डारी लडने

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङ १ को उप निर्वाचनमा एमालेबाट दमन बहादुर भण्डारी लडने

बझाङ : नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने निर्णय गरेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी बझाङको प्रदेश सभा निर्वाचनमा उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।  उपनिर्वाचनका लागि एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी, जिल्ला सदस्य जुनाकुमारी जाग्री र राधा विष्ट (खत्री) को नाम सिफारिस गरिएको थियो ।

सिफारिसमध्येबाट भण्डारीले टिकट पाएका हुन ।  बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते सडक दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र खाली थियो ।