Skip to main content

धनगढीका मेयर गोपाल हमालविरुद्ध एकपछि अर्को षडयन्त्र, विष खाएका रानाको मोटरसाईकलमा आईरहेको भिडियो सार्वजनिक

Submitted by editor on
शिवराज भट्ट
र्को षडयन्त्र,

धनगढी : धनगढीको मटियारीका जग्गा कारोबारी गणेश रानाले चैत ६ गते धनगढी उपमहानगरपालिकाको यात्रु प्रतिक्षालयको गेटबाट भीत्र छिर्दै गर्दा तरकारीमा हाल्ने विषादी सेवन गरे । उनले बाहिरबाट आएको र यात्रु प्रतिक्षालयको गेटमा पुुग्ने वित्तिकै केही कुरा निकालेर खान थालेको सिसि क्यामेरामा देखिन्छ । 

उनले विषादी सेवन पछि नगरप्रहरीले उनको हात समातेर आँगनमा लगेको र आँगनबाट गाडीमा राखेर बाहिरतिर लगेको उपमहानगरकै सिसि क्यामेरामा प्रष्ट देखिन्छ । तर जग्गा कारोबारीहरुले मेयर गोपाल हमालले गणेश रानालाई घरबाट सादा पोषाकका नगर प्रहरी लगाएर ल्याएको र उपमहानरपालिकामा लगेर विषादी खुवाएको आरोप लगाए ।

जग्गा कारोबारी उपेन्द्र अवस्थी र प्रभातकुमार चौधरीले त सार्वजनिक रुपमै सादा पोसाकमा गएका नगर प्रहरीले रानालाई घरबाटै उठाएको र त्यसपछि उपमहानगरमा ल्याएर विष सेवन गराएको गम्भिर आरोप लगाए । हो पनि, कुनै ब्यक्तिलाई घरमा गएर पक्राउ गरेर ल्याउने अधिकार नगरप्रहरीलाई छैन । तर आईतबार गणेश रानाले मोटरसाईकलमा आफै उपमहानगरपालिकामा आएको सिसि क्यामेराको भिडियो सार्वजनिक भएपछि जग्गा कारोबारीको उपमहानगरलाई जसरी पनि बदनाम गराउने चरित्र उदांगो भएको छ ।

उक्त भिडियोमा राना रातो रंगको मोटरसाईकलमा बन मन्त्रालयको मोडबाट उपमहानगरको कार्यालय तर्फ  जान्छन । पार्किङमा मोटर राखेर भीत्र पस्छन । उनले उपमहानगरको आँगनमा एक्लै चस्मा र रातो क्याप लगाएर मजाले जान लागेको सिसि क्यामेराको फुटेज सार्वजनिक भएको छ । तर यसअघि जग्गा कारोबारी प्रभात कुमार चौधरीले यस्तो गम्भिर आरोप लगाएका थिए ।

प्रभात कुमार चौधरीले सार्वजनिक मिडियामा बोलेको जस्तोका तस्तै  
‘हाम्रो के ठम्याइ छ भने नगरपालिका भित्र लगेर घाँटी च्यापेर विष खुवाएको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ है, कुनै पनि व्यक्ति घरबाट निस्कने बेला के विष लिएर हिड्छ त ? कोही हिन्दै हिन्दैन । उसको खल्तीमा डिब्बा हाल्दिने, त्यो प्रमाण यो हो भनेर; अनि आफ्नो बचाउको लागि? उनलाई नगरप्रहरीले पक्राउ गरेर ल्याएको हो ।’ 

अर्का जग्गा कारोबारी उपेन्द्र अवस्थीको भनाई जस्ताको तस्तै
‘नगर प्रहरीलाई प्रयोग गरेर राति उहाँ (गोपाल हमाल)ले घरबाट उठाएर ल्याउनु भा रैछ । नगर प्रहरीले नै उठाउने भए उहाँले प्रशासनमा उजुरी दिने हो त ? नगर प्रहरीले मान्छेलाई घरबाट उठाएर ल्याउने कुनै कानुनमा उल्लेखै छैन, उनलाई चाहिँ राति ८ बजे उठाएर नगर प्रहरीले नगरपालिका ल्याए भन्ने छ । सरी, बिहान आठ बजे उठाएर नगरपालिकामा ल्याए भन्ने कुरा छ ।’

धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ सम्बन्धी मापदण्ड २०८० लागु गरेपछि राज्यलाई कर नै नतिरेर रातारात करोडपती हुने जग्गा दलालहरुको निद्रा भने हराएको छ । उनीहरुले मेयर गोपाल हमालका विरुद्ध कहिले वडाध्यक्षहरुलाई परिचालित गराए भने कहिले आफुुमध्येबाट मेयर हमाललाई धम्काउन लगाए । मेयर हमाल भन्छन, ‘धनगढीको भविष्यसँग जोडिएको जग्गा प्लटिङ सम्बन्धी मापदण्डमा अब कुनै परिवर्तन हुदैन ।’

धनगढी नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले नगर प्रहरी रानालाई पक्राउ गर्न नगएको र पक्राउ गर्ने अधिकार समेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन । ‘नगर प्रहरीले कुनै पनि मान्छेलाई समात्ने अधिकार नै छैन । अनि हामीले कसैलाई पनि समातेका पनि छैनौँ’, उनले भने । 

घटना के थियो ?

चैत ४ गते धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की आयो । उनको ह्वाटसएप नम्बरमा आएको म्यासेज र पछि उनले कलब्याग गरेको फोनमा उनलाई ज्यान मार्ने धम्की आएको हो । मेयर हमाले उक्त नम्बर उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए । त्यही दिन धनगढीका जग्गा कारोबारीहरुले उपमहानगरको गेटमा नाराबाजी पनि गरेका थिए । 

धनगढी उपमहानगर पालिकाले २०८० सालको मंसिरमा जारी गरेको जग्गा प्लटीङ सम्बन्धि मापदण्ड २०८० आएपछि जग्गा दलालहरु आन्दोलनमा आएका हुन । उपमहानगरले जग्गा प्लटिङ गर्नेले प्लटिङ गरिएको सडकमा ग्राभेल हाल्नुपर्ने, विद्युतका पोल हाल्नुपर्ने, नालीहरु निर्माण गर्नुपर्ने र कम्तीमा पनि १० मिटरको बाटो बनाउन पर्ने लगायतका प्रावधान राखेको छ । 

त्यो मापदण्ड आएपछि जग्गा कारोबारीहरुले उक्त मापदण्ड रोक्नका लागि सर्वोच्चमा रीट हाले । तर सर्वाच्चले उनीहरुलाई अन्तिरिम आदेश दिएन । अहिले उक्त रिटको सुनवाई २०८१ को भदौमा सरेको छ । सवोच्चको रीट सरेपछि जग्गा कारोबारी सल्बलाएका हुन ।