Skip to main content

समर्थन फिर्तालिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री शाहद्वारा उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी

Submitted by editor on
सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रीमा खुसीराम चौधरीले गरे पदभार ग्रहण
ईबिगुल संवाददाता
दुुई जना मन्त्रीलाई मन्त्रालय तोकेका छन

धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाईएका दुुई जना मन्त्रीलाई मन्त्रालय तोकेका छन । 

प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी लक्ष्मणकिशोर चौधरी र खुसीराम चौधरीलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरीले केही बेर अघि पदभार ग्रहण गरिसकेका छन भने बन तथा वतावरण मन्त्रालयमा खुसीराम चौधरीको पदभार ग्रहणको तयारी भएको छ ।

बुुधबार मात्रै पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा टीकापुरमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले संघका गठबन्धन अनुसार जाने र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी केही मन्त्रीहरुका भने त्यसमा फरक विचार सार्वजनिक भएका छन ।

योसँगै सुदूरपश्चिमको मन्त्रीमण्डलमा नागरिक उन्मुक्तिका ४ जना मन्त्री र एकजना राज्यमन्त्री भएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास कार्यालय र आन्तरिक मामिला मन्त्रालय नेपाली काँग्रेससँग छ ।