Skip to main content

बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार

बझाङः बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ। जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो।

उनी प्रदेश कमिटी सचिवसमेत हुन्। उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ। एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघिनै निर्णय गरेको छ। काँग्रेसले भने अझ सम्म उम्मेदवारको ट्ङ्गो लगाएको छैन्।