Skip to main content

मुख्यमन्त्री शाहलाई मत नदिन सांसदलाई नागरिक उन्मुक्ति पार्टीकाे ह्विप

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्री शाहलाई मत नदिन सांसदलाई नागरिक उन्मुक्ति पार्टीकाे ह्विप

धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चाैधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने विश्वासको मतमा सहभागि नहुन आफ्ना सांसदहरुलाइ निर्देशन दिएकी हुन्।

उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रिय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रम माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रिय अध्यक्षलाइ नै भएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाइ निर्देशन दिएकी छन्।

सम्पूर्ण सांसदहरुलाइ मतदानको विपक्षमा उभिन पार्टी अध्यक्ष श्रेष्ठले लिखित रुपमै निर्देशन दिएकी हुन्। पार्टी संरक्षक रेशमलाल चौधरीको लाइनमा वर्तमान प्रदेश सरकारलाइ साथ दिएका आफ्ना सांसदलाइ मतदान नगर्न भन्दै अध्यक्ष श्रेष्ठले पत्र नै पठाएकी छन्। उनले मुख्यमन्त्रीलाइ विश्वासको मत नदिन निर्देशनसहितको ह्वीप नै जारी गरेकी हुन्।