Skip to main content

सुदूरपश्चिम प्रदेश सभा : ३ बजे बोलाईएको संसद बैठक ५ बजेसम्मका लागि स्थगीत

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रदेश सभा ः ३ बजे बोलाईएको संसद बैठक ५ बजेसम्मका लागि स्थगीत

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भनेर बोलाएको संसद बैठक आज अपरान्ह ५ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै यसको जानकारी गराएको छ ।

संसद सचिवालयका सचिव देब बहादुर बोगटीले सभामुखको निर्देशन अनुसार बैठक सारिएको बताए । मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन । 

अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन हो । माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गते देखि अल्पमतमा परेका थिए ।