Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्री कमल बहादुर शाह

धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन । विहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मीयाको निवासमै पुगेर राजीनामा बुझाएका हुन ।

यसअघि उनले विश्वासको मत लिने भन्दै प्रदेश सभाको बैठक बोलाईएको थियो । दिउसो ३ बजेका लागि बोलाईएको बैठक बेलुकी ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । बेलुकीसम्म पनि नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसद काठमाण्डौंबाट नआएको थाहा पाएपछि मुख्यमन्त्री शाहले विश्वासको मत नपाने भन्दै राजीनामा बुझाएका हुन ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद थियो । रेशम पक्षका ४ जना मुख्यमन्त्रीको पक्षमा देखिएका थिए भने २ जना पार्टी अध्यक्ष रञ्जीताको पक्षमा देखिएका थिए । रञ्जीता पक्षका दुई जना प्रदेश सभा सदस्य विहीबार राजधानीमै थिए । 

दिउसो उनीहरुले पार्टी अध्यक्ष रञ्जीता चौधरी र स्वतन्त्र सांसद सँगै भएको तस्बिर सार्वजनिक गरेका थिए । ‘राजनीतिक गठबन्धन फेरबदल भएकाले मैले राजीनामा पेश गरेको छु’ प्रदेश प्रमुख समक्ष राजीनामा दिदै मुख्यमन्त्री शाहले भने ।