Skip to main content

औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी हुन दिदैनौं : मन्त्री भण्डारी

Submitted by editor on
ईबिगुल संवाददाता
औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी हुन दिदैनौं : मन्त्री भण्डारी

 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु,घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगलाई प्रवद्र्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले  लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै यस्ता उद्योगलाई प्रवर्द्धन गर्न बजेटमा लक्षित कार्यक्रम ल्याइने बताएका हुन् ।

उनले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गर्ने पनि जानकारी दिए ।

मन्त्री भण्डारीले लघु,घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना र महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धनका लागि हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने मन्त्री भण्डारीको भनाइ छ ।

उनले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महासङ्घले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगजस्ता अभियान सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा सरकारको सहयोग रहनेमा जोड दिए ।

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गरिनेछ,’मन्त्री भण्डारीले भने ।

पाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु महोत्सव बैशाख ३० गते सम्म चल्नेछ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी,बीटुजी  जस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने आयोजकले जनाएको छ ।