Skip to main content

स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो १ करोड ८८ लाख डलर

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
स्वास्थ्य क्षेत्र

धनगढी : स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ ।
नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा ‘स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ । नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।