Skip to main content

एमसीसी परियोजना कार्यान्वयनमा, बुटवल सबस्टेशन निर्माणको ठेक्का

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
(एमसीसी)को परियोजना उपचारिकरूपमा कार्यान्वयनमा

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना उपचारिकरूपमा कार्यान्वयनमा आएको छ । ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लागेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

आयोजनाले नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) जिल्लामा नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिंकसन इण्डिया प्रालिलाई प्रदान गरेको विज्ञप्तीमार्फत् जनाएको छ । बिहीबार एमसीए नेपालले भारतीय कम्पनी लिंकसनसँग सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौताको अवधि ३९ महिना रहेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । 

बुटवल सबस्टेसनले नेपालको प्रसारण क्षमतामा सुधार गर्दै आन्तरिक उपभोगसँगै व्यावसायिक र सीमापार विद्युत व्यापारका लागि किफायती बन्ने उनको भनाइ छ । 

त्यस्तै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुटवल सबस्टेसनलाई प्राथमिकतामा राखेको बताए । ‘यसले अन्तरदेशीय ऊर्जा व्यापारलाई उल्लेखनीयरूपमा वृद्धि गर्ने विश्वास लिएका छौं’ उनले भने ।

त्यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बाँकी दुईवटा सबस्टेसन निर्माणका लागि पनि ठेक्का सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।